सुनको मूल्य फेरि घट्यो

Oct 16, 2019 11:36 AM merolagani

दशैपछि मंगलबार केही बढेको सुनको मूल्य बुधबार फेरि घटेको छ । अघिल्लो दिन ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य बुधबार १ सय रुपैयाँले घटेको हो।

असोज २९ गते बुधबार नेपाल सुनचाँदी व्यासायी महासँघले छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ६०० रुपैयाँ तोकेको छ भने तेजाबी सुनको मूल्य ७० हजार ३०० रुपैयाँ तोकेको छ । 

दशैपछि लगातार घटिरहेको सुनको मूल्य मंगलबार तोलामा ७०० रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि भदौ १८ गते सुन हालसम्मकै उच्च मूल्य ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घटेर ८५० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।

अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला ८६० रुपैयाँमा खरिद बिक्री भएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।