चिनियाँ कम्पनीलाई एक हजार दरका ३१ करोड थान नोट छाप्ने जिम्मा

Oct 16, 2019 01:40 PM Merolagani

नेपाल राष्ट्र बैंकले बेइजिङ्गमा रहेको चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिनटिङ्ग कर्पोरेशनलाई एक हजार रुपैयाँ दरका ३१ करोड थान नयाँ नोट छाप्ने जिम्मा दिएको छ।

 

बैंकले तीन खर्ब १० करोड रुपैयाँ बराबरको एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्न तथा नोट डिजाइन, छपाई तथा आपूर्तिको लागि बेइजिङ्गमा रहेको चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिनटिङ्ग कर्पोरेशनसँग सम्झौता गरेको हो।

राष्ट्र बैंकले असोज १२ गते चिनियाँ कम्पनीसँग ९१ लाख ९० हजार अमेरिकी डलर लागतमा एक हजार रुपैयाँ दरका ३१ करोड थान नयाँ नोट छाप्ने सम्झौता गरेको जनाएको छ। 

 

 

राष्ट्र बैंकले नयाँ नोट छपाइको लागि गत असारमा बोलपत्र आब्हान गरेको थियो। नोट छपाइको लागि न्यूनतम मुल्याङ्कित सारभुतरुपमा प्रभावग्राही बोलपत्र पेश गर्ने चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिनटिङ कर्पोरेशनलाई उक्त जिम्मा दिने निर्णय गरेको हो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।