नेप्सेकाे लापरवाही, सेन्चुरी बैंकका संचालकले दिएकाे राजीनामाकाे जानकारी १४ दिनपछि दियाे

Oct 16, 2019 05:16 PM merolagani

सेन्चुरी बैंकका संचालक लक्ष्मण कुमार श्रेष्ठले राजीनामा दिएका छन्। श्रेष्ठको राजीनामा असोज १४ गते नै स्वीकृत भएपनि नेप्सेले असाेज २८ गतेमात्र  असाेज १६ गते कै मितिमा सार्वजनिक गरेकाे छ। बैंकका कम्पनी सचिव तुलसी प्रसाद भट्टराइले भने साे सम्वन्धमा असाेज १५ गते नै नेप्सेलाइ जानकारी  दिएकाे बताएका छन् ।

 

सूचीकरण नियमावली अनुसार सूचीकृत कम्पनीहरूले अध्यक्ष, सन्चालक समिति र कार्यकारी अधिकृत परिवर्तन भएको सूचना तत्काल नेप्सेमा उपलव्ध गराउनुपर्ने व्यवस्था छ ।

श्रेष्ठको राजीनामाको जानकारी बैंकले असोज १६ गते गराएको र डिस्प्लेमा राखिएको नेप्सेले बताएको छ। तर, शेयर बजारका एक लगानीकर्ताले नेप्सेले त्याे दिन सो सूचना नराखेको मेरो लगानीलाई बताए । असाेज पन्ध्र गतेकाे सूचना २८ गते  सार्वजनिक गरेर नेप्सेले समयमै सूचना  दिनुपर्ने  नियामकीय  जिम्मेवारी लत्याएकाे छ ।

र्बैकिङ्ग संरचना अनुसार बैंककाे सन्चालक समितिमा संस्थापक, सर्वसाधारण र स्वतन्त्र लगानीकर्ताको प्रतिनिधित्व गर्दै निर्देशक चयन गरिन्छ । संस्थापक र सर्बसाधरणको संख्या लगानीको अनुपातमा निर्धारण हुन्छ । संस्थापकको तर्फवाट संचालक छानिँदा सर्वसम्मत या निर्वाचन दुबै हुन्छ भने सर्बसाधारणको प्रतिनिधित्वको लागि प्राय निर्वाचन हुने गर्छ । सेन्चुरी बैंकमा ४ जना संस्थापक, तीन जना सर्वसाधारण गरि सातजना संचालक थिए । र्बैकमा स्वतन्त्रको तर्फवाट संचालक छैनन् । बोर्डले छान्ने स्वतन्त्र संचालक एक जना भने अनिवार्य हुनैपर्ने प्रावधान छ ।

सो बैंकमा संस्थापकका तर्फवाट लक्ष्मणलाल श्रेष्ठ, महेश अग्रवाल, राजेश दली र उमा कुमारी श्रेष्ठ संचालक छन् भने सर्वसाधारणको तर्फवाट राजेशकुमार श्रेष्ठ, अभिशेक बर्जाचार्य र सुनील न्यौपाने संचालक छन् ।

सर्बसाधारण तर्फका संचालकको चयन गत बैसाखमा सम्पन्न आठौं साधारण सभाले गरेको हो ।

राष्ट्रबैंकले सेन्चुरी बैंकलाई सन्चालक समितिको संरचना परिवर्तन गरी ३ जना संस्थापक, ३ जना सर्वसाधारण र १ जना स्वतन्त्र संचालक राख्न निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम एकजना संस्थापक संचालकको राजीनामा आएको अनुमान गरिएको छ । तर, अनिबार्य हुनैपर्ने स्वतन्त्र संचालक भने बैंकले अझै चयन गरेको छैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।