एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १ को बिहीबार नेप्सेमा अन्तिम कारोबार हुने

Oct 16, 2019 05:57 PM Merolagani

एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १ को इकाईको असोज ३० गते नेपाल स्टक एक्सचेञ्जमा अन्तिम कारोबार हुने भएको छ। कार्तिक २ गते फण्डको अवधि परिपक्क हुने भएसँगै सो सामूहिक लगानी कोष योजनालाई खारेजीमा लगिने भएपछि असोज ३० गतेलाई फण्डको इकाई कारोबारको अन्तिम मिति तोकिएको हो।

यसअनुसार योजना खारेजीमा गएसँगै असोज ३० गते बिहीबार नेप्सेमा कारोबार भई कायम रहने इकाईधनीले मात्र सो योजनाको प्रतिफल पाउने योजना ब्यवस्थापक एनएमबि क्यापिटलले जनाएको छ

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यो फण्ड आगामी कार्तिक २ गते परिपक्क हुँदै छ। सामुहिक लगानी कोष नियमावली २०६७ को नियम ३१ खण्ड क मा भएको व्यवस्था बमोजिम अनुसार योजनाको अवधि समाप्त भएपश्चात खारेजी प्रक्रियामा लगिने भएको हो। जसका लागि कम्पनीले उपनियम ६ बमोजिम धितोपत्र बोर्डबाट असोज ६ गते योजना खारेजीमा लैजान अनुमति पाइसकेको छ ।

यससँगै नियम ३२ का उपनियम ३ बमोजिम योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरि इकाईधनीलाई स्वामित्वको आधारमा भुक्तानी दिइने फण्डको व्यवस्थापकले जनाएको छ। रकम फिर्ताबारेको सूचना पछि सार्वजनिक सूचना मार्फत दिइने एनएमबि क्यापिटल ले जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।