भ्रष्टाचार अभियोगमा पर्साको तत्कालीन गाविस सहित तीन विरुद्ध मुद्धा

Oct 17, 2019 09:03 AM Merolagani

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्सा जिल्लाको तल्कालीन गाविस सचिव जितेन्द्र कुमार मिश्रसमेत ३ जना उपर विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

आयोगले श्रीसिया नौ.त.ज.गाउँ विकास समिति पर्साका तत्कालीन गाविस सचिव जितेन्द्र कुमार मिश्र, उपभोक्ता समितिका अध्यक्ष विनोद साह, र सत्यदेव ठाकुर भन्ने सत्यदेव प्रसाद हजाम विरुद्ध आरोपपत्र दायर गरेको हो।

जिल्ला पर्सा श्रीसिया गाविस वडा नं। ५ बस्ने विनोद साह गोढले वडा नं. १ देखि ५ सम्म सडकमा माटो पुरी ग्रावेल सडक निर्माण गर्ने कार्यको लागि पेश्की उठाई निजले काम नगरी सचिव र ओभरसियर बिन्देश्वर यादब समेतलाई खुवाई सम्पूर्ण रूपैयाँ निजी कार्यमा प्रयोग गरी हिनामिना गरेकोले आवश्यक कारबाही गरी पाउँ भन्ने व्यहोराको उजुरी निवेदन सम्बन्धमा आयोगले अनुसन्धान गरेको थियो।

साविक श्रीसिया नौ.त.ज.गाविस वडा नं.१ देखी ९ सम्म सडकमा माटो पुरी ग्रावेलिङ्ग गर्ने आयोजनाका लागि उपभोक्ता समितिका अध्यक्ष विनोद साह गोढले पेश्की लिई सम्झौता बमोजिम योजनाको कुनै पनि काम नगरी पेश्की फछर्यौटका लागि आवश्यक कागज प्रमाण पेश गरेका थिएनन्।

उनले पेश्की लिंदा गरेको कबुलियतनामाको शर्त विपरीत तत्कालीन गा.वि.स. सचिव सत्यदेव ठाकुर भन्ने सत्यदेव प्रसाद हजाम र श्रीसिया नौ.त.ज.गाउँ विकास समितिका तत्कालीन गाविस सचिव जितेन्द्र कुमार मिश्रले निज विनोद साह गोढलाई अनधिकृत रूपमा बदनियतपूर्वक पेश्कीमाथि पेश्की दिई चार लाख रुपैयाँ सरकारी रकम हिनामिना तथा हानिनोक्सानी गराएकोले मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।

उपभोक्ता समिति अध्यक्ष विनोद साह गोढलाई सत्यदेव ठाकुर भन्ने सत्यदेव प्रसाद हजाम र जितेन्द्र कुमार मिश्रको दिएको भुक्तानी रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको सप्रमाण पुष्टि भएकोले निजहरूद्वयलाई विगो चार लाख कायम गरी भ्रष्टचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिम सजाय गरी हानिनोक्सानी भएको विगो समेत सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन माग गरिएकोे छ।

उपभोक्ता समितिका अध्यक्ष विनोद साह गोढले सरकारी रकम लिने खाने बदनियत राखी बाटो ग्राबेलिङ्गका लागि भनी साविकको श्रीसिया गाविसको कार्यालयबाट चार लाख बुझिलिई सम्झौता बमोजिमको कार्य नगरी आफैँले राखेका थिए।

रकम लिँदा गरेको कबुलियतनामाको शर्तसमेत उल्लंघन गरी सो रकम आफ्नो व्यक्तिगत प्रयोजनमा खर्च गरी खाईमासी हिनामिना गरी गैरकानूनी लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको सप्रमाण पुष्टि भएकोले निजलाई विगो चार लाखकायम गरी ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र हानिनोक्सानी गरेको विगो सोही ऐनको दफा ८ को उपदफा (४० बमोजिम निजबाट असुल उपर गरी जफत गर्न विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।