बैंक अफ काठमाण्डूको साधारण सभा आज, यस्ता प्रस्ताव हुँदैछन् पारित

Oct 17, 2019 09:38 AM Merolagani

बैंक अफ काठमाण्ड (BOKL) को असोज ३० गते बिहीबार (आज) २५ औं वार्षिक साधारण सभा सम्पन्न गर्दैछ। बिहान १० बजे एलिस रिसेप्सन्स गैरीधारा काठमाडौंमा साधारण सभा बोलाइएको छ। पाँच साधारण र तीन विशेष प्रस्ताव गरि आठवटा प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा सभामा छ।

बैंकले साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ। जस मध्ये ६ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश रहेको छ।

यसैगरी गत आर्थिक बर्षको नाफा नोक्सान हिसाबमाथि छलफल गरि पारित गर्ने, २०७६/०७७ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि बैंकले साधारण सभामा लैजाँदैछ ।

साधारण सभा प्रयोजनका लागि बैकले असोज १६ गतेदेखि असोज ३० गतेसम्मका लागि शेयर दाखिला खारेज दर्ता बन्द (बुकक्लोज) गरेको हो। यसअनुसार असोज १५ गतेसम्म कायम शेयरधनीले मात्रै साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनुका साथै लाभांश प्राप्त गर्नेछन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।