प्रदेश ३ सरकारले दुई अर्ब खर्चेर कागज उद्योग स्थापना गर्ने

Oct 17, 2019 10:00 AM RSS

निजी क्षेत्रसँग समेत सहकार्य गरेर प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ। स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अगाडि बढाइएको जनाइएको छ ।

मनहरिमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिए।

उद्योग स्थापनालाई बहुवर्षीय योजनामा राखेर काम गर्ने तयारी गरिएको जनाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा कागज उद्योगको डिपिआरका लागि ५० लाख छुट्याएको छ ।

निजी क्षेत्रसँगको साझेदारीमा कागज उद्योग खोल्ने तयारी गरिएको बताउँदै मन्त्री नेपालले सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्रसँगको साझेदारीमा उद्योग खोल्ने ‘मोडालिटी’ बनाएको बताए।

प्रदेश सरकारले निर्माण गर्न लागेको कागज उद्योगका लागि जग्गा अभाव हुन नदिने मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए।

मनहरिमा सरकारी जमीन आठ हजार रोपनी नापजाँच गरिएको र अरु सरकारी जमीन अतिक्रमण भएका स्थानमा पनि हटाउने तयारी भएको उनले बताए।

कहाँ कागज उद्योग बनाउने भन्ने टुङ्गो भए सरकारी जमीनको अभाव हुन नदिने बताउँदै उनले यस्तै खालका सरकारी संरचना मनहरिमा निर्माण गर्ने भनेर मनहरि गाउँपालिका क्षेत्रमा अतिक्रमण भएका जग्गा जमीनको खोजी गरेर भएका अतिक्रमण हटाउँदै गरेको जानकारी दिए।

अतिक्रमण हटाउनका लागि उपाध्यक्ष मनिला विष्टको संयोजकत्वमा समिति बनाएर काम शुरु गर्न लागेको उनको भनाई छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।