एनसीसी बैंकको शेयरधनीलाई पूरानो लाभांश संकलन गर्न आग्रह

Oct 17, 2019 11:39 AM Merolagani

नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) ले बैंकका शेयरधनीलाई विगत वर्षहरुमा वितरित लाभांश ३५ दिनभित्र संकलन गर्न आग्रह गरेको छ। बैंकले आफुमा मर्जर भएका चार विकास बैंकका शेयरधनीहरुलाई सो आग्रह गरेको हो।

एनसीसी बैंकमा विलिन भएका चार विकास बैंकको विभिन्न साधारण सभाबाट पारित लाभांश लिन लामो समयसम्म शेयरधनीहरु  नआएपछि बैंकले सूचना प्रकाशन गरेर नै जानकारी गराएको हो।

बैंकले शेयरधनीहरुलाई  मंसिर पहिलो साताभित्र (३५ दिनभित्र) आफ्नो लाभांश संकलन गर्न भनेको छ । सो अवधिमा आफ्नो लाभांश संकलन नगरेको खण्डमा पाँच वर्ष पूरा भई भुक्तानी हुन बाँकी रहेको लाभांश कम्पनी ऐन २०६३ को दफा १८३ मा व्यवस्था भए बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

लाभांश बाँकी रहेका शेयरधनीहरुले शेयर प्रमाणपत्र, डिम्याट खाता नम्बर, र आधिकारिक परिचय पत्रका साथ बैंकको शेयर रजिष्ट्रारको कार्यालय सनराइज क्यापिटल मार्फत उक्त लाभांश संकलन गर्नसक्ने बैंकले जनाएको छ ।

एनसीसी बैंकले २०७३ पुस १ गतेदेखि इन्फ्रास्ट्रचर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकलाई आफुमा गाभेर एकीकृत कारोबार थालेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।