भिबोर क्यापिटलको नाम परिवर्तन

Oct 17, 2019 11:22 AM Merolagani

भिबोर क्यापिटलको नाम परिवर्तन भएको छ। क्यापिटलको गत भदौ २७ गते सम्पन्न दशौं साधारण सभाको निर्णय अनुसार कम्पनीले नाम परिवर्तन गरी मुक्तिनाथ क्यापिटल लिमिटेड राखेको हो। 

 

 

 

 

 

 

 

कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज २९ गते नाम परिवर्तन गर्ने अनुमति पाएसँगै कम्पनीले भिबोर क्यापिटलको नाममा सृजना भएका सम्पूर्ण चल अचल सम्पति, कर दाइत्व आदि परिवर्तित नाम अर्थात मुक्तिनाथ क्यापिटलले सकार्ने, व्यहोर्ने तथा स्वीकार्ने गरी नाम परिवर्तन गरेको हो।

अब साविकको भिबोर क्यापिटलले प्रवाह गर्दै आइरहेको सम्पूर्ण सेवाहरु मुक्तिनाथ क्यापिटल लिमिटेडको नामबाट ट्रेड टावर थापाथलीको चौंथो तल्लाबाट प्रदान हुनेछन्।

मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटलको जारी पूँजीमा ५१ प्रतिशत शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो।

मुक्तिनाथविकास बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनको लागि मुक्तिनाथ कृषि कम्पनी र पूँजीबजार (मर्चेण्ट बैंकिङ्ग) प्रवद्र्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको छ ।
समावेशी वित्तीय सेवाको अलवा कृषि र पूँजीबजार क्षेत्रमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य बैंकले लिएको छ ।

हाल बैंकले १२३ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र सानातथा लघु बैंकिङ्ग सेवाप्रदान गर्दै आइरहेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।