सिभिल क्यापिटलको साधारण सभा आह्वान, ६७ लाख लाभांश वितरण गर्ने

Oct 17, 2019 11:59 AM Merolagani

सिभिल क्यापिटल (CIVIL)  ले लाभांश प्रस्ताव पारित गर्न एघारौं बार्षिक साधारण सभा बोलाएको छ। असोज २८ गते बसेको क्यापिटल संचालक समितिको बैठकले कार्तिक २२ गते शुक्रबार बिहान १० बजे सिटिसी मल, सुनधारा काठमाडौंमा साधारण सभा बोलाएको हो ।

साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७५/०७६ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई कुल चुक्ता पूँजीको ३.१६ प्रतिशत अर्थात ६७ लाख १० हजार ५२६ रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै लेखापरीक्षकको प्रतिबेदन सहित नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्नेछ।

साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।