महुली लघुवित्तको लाभांशको नकारात्मक असर, लाभांश बढेपनि शेयरमूल्य घट्यो

Oct 17, 2019 12:34 PM Merolagani

महुली लघुवित्त (MSLB) को लाभांशको असर शेयर बजारमा नकारात्मक देखा परेको छ। लघुवित्त सञ्चालक समितिको बैठकले अघिल्लो वर्षको भन्दा १० प्रतिशतले नगद लाभांश वृद्धि गरेपनि शेयरमूल्यमा भने उल्टो असर देखा परेको हो ।

लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई  २० प्रतिशत बोनस र कर प्रयोजनका लागि सहित ११.५८ प्रतिशत नगद लाभांश गरी कूलल ३१.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो गत वर्षको लाभांश भन्दा १० प्रतिशतले बढी हो ।

अघिल्लो वर्षमा भने लघुवित्तले २० प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

लघुवित्तले बोनस शेयर पुरानै कामय गरी नगद लाभांश मात्रै वृद्धि  गर्दा शेयरमूल्य भने ओरालो लागेको छ। लघुवित्तको शेयरमूल्य ६.२५ प्रतिशत अर्थात ५८ रुपैयाँले घटेर ८७० रुपैयाँमा झरेको हो।

लघुवित्तको शेयरधनीहरुले गत आवको मुनाफाबाट धेरै बोनस अपेक्षा रहेपनि लघुवित्तले नगद मात्र बढाउँदा शेयरमूल्यमा ऋणात्मक असर देखिएको बुझ्न सकिन्छ।

 

 शेयर बजारका लगानीकर्ताहरुले हरेक कम्पनीमा नगद भन्दा बोनस शेयरलाई प्राथकिता दिँदै आएका छन्।

शेयर बजारमा धेरै बोनस वितरण गर्ने कम्पनीहरु मात्रै राम्रो नहुने जानकार बताउँछन्। कम्पनीलाई आवश्यक पर्ने पूँजी अनुसार शेयरधनीलाई बोनस र नगद गरि उच्च लाभांश वितरण गर्ने कम्पनी वास्तविक रुपमा राम्रो हुने उनीहरुको तर्क पाइन्छ। 

शेयर पूँजी बढ्दा साबिकका शेयरधनीको कित्ता अनुपात बढेपनि स्वामित्व बराबरी नै रहन्छ भने मागभन्दा आपूर्ति धेरै हुन्छ जसको असर शेयरमूल्यमा देखिन्छ। यस्तै बोनस शेयरमा शेयरमूल्य समायोजन भई कम्पनीको प्रतिकित्ता शेयरमूल्य समेत घट्छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।