आइतबारदेखि लगातार बढेको सुनको मूल्य बुधबार १०० रुपैयाँले घटेको थियो। सुनको मूल्य बढ्दै जाँदा सुन कारोबार भने बढ्न नसकेको व्यवसायीहरु बताउँछन्।
सुनको भाउ स्थिर रहेपनि बिहीबार चाँदीको भाउमा भने गिरावट देखिएको छ। चाँदी अघिल्लो दिन बुधबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।
महासंघले चाँदीको मूल्य बिहीबार प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
यसअघि सुन भदौ १८ गते हालसम्मकै उच्च मूल्य ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।