झाँक्री नेतृत्वकाे उपसमितिकाे दुइ महिना पूरा, कहिले आउने प्रतिवेदन ?

Oct 17, 2019 03:25 PM merolagani

वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउने प्रकृया अझै पछाडि धकेलिने भएकाे छ । यस बिषयमा अध्ययन गर्न बनेको संसदीय उप समितिले तोकिएको समयमा अध्ययन प्रतिवेदन नबुझाउने स्पष्ट संकेत देखिएकाे छ । 

संघीय संसदको अर्थ समितिले पूँजी बजार तथा मुद्रा बजारमा देखिएका समस्याको अध्ययन गर्न साउन २९ गते साँसद रामकुमारी झाँक्रीकाे संयाेजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमिति गठन भएकाे आज असोज ३० गते बिहीबार दुई महिना पुगेको छ । 

उप समितिकाे म्याद सकिएन भन्ने  जिज्ञासामा  संयोजक रामकुमारी झाँक्रीले  काम गर्न शुरु गरेको दुई महिनामा प्रतिवेदन बुझाउनु पर्ने  बताइन् । काम चाँही कहिलेबाट शुरूभयाे भन्ने मेराे लगानीकाे प्रश्नमा भने उनले उत्तर दिन चाहिनन् । उनकाे प्रतिकृयाले उपसमितिले कुनै काम अघि नबढाएकाे शंकामा बल पुगेकाे छ ।

संयोजक रामकुमारी झाँक्री रहेको उक्त उपसमितिमा प्रमिला राई, मेटमणि चौधरी, राम बाबु कुमार यादव, हेम कुमारी राई सदस्य रहेका छन् ।

राष्ट्र बैंकले वाणिज्य बैंकलाई आफ्नो प्रबन्ध पत्र तथा नियमावलीमा ब्यवस्था गरेर ब्रोकरको काम गर्ने सहायक कम्पनी खोल्न स्वीकृति दिएर ९ वटा बैंकले सहायक कम्पनी खडा गरिसकेका छन् ।

बैंकहरूले ब्राेकरिङ्ग सेवा दिने प्रकृया अगाडि बढाएकै बेला अर्थ समितिले यस बिषयमा अद्ययन गर्न उप समिति गठन गरेकाे  थियाे । उप समिति गठन भए लगत्तै समितिकाे  निर्देशनमा नेप्सेले बैंकलाइ ब्राेकरिङ्ग सेवा दिने प्रकृया स्थगित गरेकाे थियाे ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।