शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सञ्चालक परिवर्तन

Oct 17, 2019 01:57 PM Merolagani

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHINE) को सञ्चालक परिवर्तन भएको छ । बैंकले पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार थालेसँगै बैंकको सञ्चालक समितिका सदस्यहरु पनि शेरफेर भएका हुन्।

एकीकृत बैंकको अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ छन्। यस्तै सञ्चालक समितिमा संस्थापक शेयरधनीको चर्फबाट थानेश्वर पौडेल, डा. ताराप्रसाद उपाध्याय र इञ्जिनियर सुरज उप्रेती सञ्चालक बनेका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट मोहन चापागाई, सुर्दशन गौतम सञ्चालक भएका छन् ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले असोज २७ गते पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ति गरेर एकिकृत कारोबार थालेको थियो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।