सम्पत्ति शुद्धीकरण निर्देशन उल्लंघनमा पशुपति सेभिङ एण्ड क्रेडिटलाई जरीवाना

Oct 17, 2019 02:29 PM Merolagani

पशुपति सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड, कुमारीपाटीलाई १० लाख जरिवाना गरिएको छ। सहकारी विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन उल्लंघन गरेपश्चात सहकारीलाई बुधबार उक्त रकम बराबरको जरीवाना गरेको हो।

पशुपति सेभिङ एण्ड क्रेडिट लिमिटेडले सहकारीले विभाग र राष्ट्र बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन सम्बन्धि प्रतिवेदन नबुझाएकाले जरिवाना गरिएको विभागले जनाएको छ । विभागले २०७४ माघ १५ गते सहकारीको लागि सम्पत्तिशुद्धीकरणसम्बन्धी निर्देशन जारी गरेको थियो ।  

व्यवस्था अनुसार सहकारीहरूले १० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने ग्राहकहरुबाट आम्दानी हुने स्रोत उल्लेख गराउनुपर्छ भने शंकास्पद कारोबारको विवरण समेत सूचना वित्तीय इकाईलाई जानकारी दिनुपर्छ। यस्तो निर्देशन कार्यान्यनको अवस्थाबारे संस्थाहरूले चौमासिक र संघहरूले मासिक प्रतिवेदन विभागमा बुझाउनुपर्ने हुन्छ।

विभागले सरकारी संघ संस्थालाई जारी गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन अनुसार वार्षिक रुपमा विभाग र राष्ट्र बैंकलाई सीमाभन्दा बढीको कारोबार गर्ने ग्राहकहरुको विवरण  (थ्रेस होल्ड ट्रान्जेक्सन रिपोर्ट) र शंङ्कास्पद कारोबार विवरण (सस्पेसियस ट्रान्जेक्सन) बुझाउनुपर्ने हुन्छ । सहकारीले सो प्रतिवेदन नबुझाएको कारवाही गरिएको हो।

सिबी लामा  अध्यक्ष रहेको सहकारीले वार्षिक एक अर्बको कारोबार गरिरहेको छ । देशमा रहेका ३४ हजार सहकारी संस्थामा ६३ लाख ग्राहकहरुबाट सहकारीहरूले ३ खर्ब बढी निक्षेप संकलन र कर्जा परिचालन गर्ने गरेका छन् ।

नेपाल राष्ट्र बैंकले कडाई गर्न थालेपसिछ पछिल्लो समय सहकारी संस्थामार्फत शंकास्पद कारोबार बढ्न थालेको भन्दै विभाग सक्रिय हुँदै आइरहेको छ। बैंक तथा वित्तीय संस्थामा स्रोत खुलाउनुपर्ने व्यवस्था लागू भएसँगै धेरै रकम बैंकिङ प्रणालीबाट सहकारी मार्फत कारोर भएको आशंका गर्दै सम्पत्तिशुद्धीकरण ऐन– अनुसार सहकारीलाई छुट्टै निर्देशन जारी गरी कार्यान्वयमा ल्याइएको थियो।

अन्य सहकारी संस्थाहरुलाई पनि सम्पत्ति शद्धीकरणका विषयमा छानबिन भैरहेको भन्दै विभागले शंकास्पद कारोबार देखिएको अन्य सहकारी संस्थाहरुलाई पनि कारबाही प्रकृया अगाडि बढाउने जनाएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।