नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालक बद्री प्रसाद प्याकुरेलको राजीनामा स्वीकृत भएको छ। लघुवित्त सञ्चालक समितिको असोज १६ गते सम्पन्न सञ्चालक समितिको ९१ औं बैठकले एनआईबिएल समृद्धि फण्ड १ को तर्फबाट प्रतिनिधित्व गर्दै आएका प्याकुरेलले दिएको राजीनामा स्वीकृत गरेको हो।