वित्तीय क्षेत्रमा करियर बनाउन चाहनेलाई “आरबिबि इम्पावरमेन्ट एकेडेमी” कार्यक्रम

Oct 17, 2019 03:33 PM Merolagani

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा वर्गलाई लक्षित गर्दै बिहीबार एक समारोह बीच “आरबिबि इम्पावरमेन्ट एकेडेमी” कार्यक्रमको सुरुवात गरको छ ।

बैंकले फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत  उक्त एकेडेमीको सुरुवात गरेको हो। यस एकेडेमीबाट विशेष गरी युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन्। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५५ वर्षको गर्भीलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको वृति विकासका लागी र समाजलाई केही योगदान दिने उद्देश्यले हाम्रो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यो तालिम केन्द्रको सुरुवात गरिएको बताए।

वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन ठूलै शिक्षित जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा, रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृतिविकाशमा धेरै सहयोग पुग्ने सीईओ श्रेष्ठको भनाई छ।

बैंकले सञ्चालक गर्ने एकेडेमीले २०७६ कार्तिक १ गते बाट नै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तीन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा सञ्चालन गर्दैछ ।

पहिलो चरणको ट्रेनिङ्ग, प्रदेश नं. ३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरुलाई मात्र लक्षित गरी आवेदन आवान गरिएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन्। 

वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिम, बैंकको दरबारमार्ग काठमाण्डौं स्थित तालिम केन्द्रमा आगामी कार्तिक २२, २३ र २४ गते आयोजना हुने बताइएको छ।

सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै अन्य प्रदेशहरुमा पनि सञ्चालन गरिने बैंकले जनाएको छ । रोजगारी साझेदारको रुपमा जब डायनामिक्स रहनेछ।

बैंकले गत आ.व. २०७५/०७६ मा वाणिज्य बैंकहरुमा धेरै ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ।

बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुँचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।