चीनको आर्थिक वृद्धि २९ वर्षयताकै सुस्त रहने : एक सर्वेक्षण

Oct 17, 2019 04:14 PM Agency

चीनको आर्थिक वृद्धि सन् २०१९ मा २९ वर्षयताकै सुस्त रहने अनुमान गरिएको छ । यस वर्ष चीनको आर्थिक वृद्धिदर ६.२ प्रतिशत रहनसक्ने रोयटर्सद्धारा गरिएको एक सर्वेक्षणले देखाएको हो ।

यसैगरी सन् २०२० मा चीनको आर्थिक वृद्धि केवल ५.९ प्रतिशतले बढ्ने उक्त सर्वेक्षणले देखाएको छ । चिनियाँ अर्थतन्त्र सन् १९९० पछिकै कमजोर गतिमा अघि बढ्नसक्ने अनुमान गरिएको छ ।

अमेरिका–चीनबीचको बढ्दो व्यापार युद्धले चिनीयाँ अर्थतन्त्र उथलपुथल भएको विश्लेषण गरिएको छ ।

८३ विश्लेषकहरुद्धारा गरिएको सर्वेक्षणले तेस्रो त्रैमासमा चीनको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहने अनुमान गरेको छ । दोस्रो त्रैमासमा चीनको आर्थिक वृद्धिदर ६.२ प्रतिशत थियो । 

सन् २०१७ मा ६.८ प्रतिशतले वृद्धि भएको चिनियाँ अर्थतन्त्र २०१८ मा ६.६ प्रतिशतमा सीमित बनेको थियो । पछिल्लो समय चिनीयाँ अर्थतन्त्र सुस्त गतिमा वृद्धि हुदै गएको पाइन्छ ।

चीन १८ अक्टोबरमा आफ्नो तेस्रो त्रैमासको आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

सन् २०२० मा चीनको आर्थिक वृद्धिदर ५.९ प्रतिशतले बढ्ने अनुमान सर्वेक्षणले गरेको छ । योभन्दा पहिले गरिएको सर्वेक्षणमा सन् २०२० मा चीनको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा तल रहने अनुमान थियो ।

लामो समयदेखि अमेरिका र चीनका बीच जारी व्यापार युद्धले दुवै देशलाई नकारात्मक असर पारिरहेको विश्लेषकहरुको भनाई छ । विश्वका दुई ठूला अर्थव्यवस्था भएका मुलुकका बीचको चर्काे व्यापारिक तनावको अवस्थाले समग्र विश्वको अर्थव्यवस्थामा नै नकारात्मक प्रभाव पारिरहेको छ । एजेन्सी 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।