शिवम सिमेन्ट किन्दा चाँदीको सिक्का !

Oct 18, 2019 01:35 PM Merolagani

शिवम् सिमेन्ट्स (SHIVM) ले तिहारको अवसरमा आफ्ना ग्राहकहरुलाई चाँदीको उपहार योजना सार्वजनिक गरेका छन्। शिवम “यो तिहार शिवमको साथमा, चाँदीको उपहार सबैको हातमा” नामक विक्री योजना बजारमा ल्याएको हो।

यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम सिमेन्टको खरीदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्राप्त गर्न सकिनेछ।

यो योजना सीमित अवधिको लागि नेपाल अधिराज्य भर लागू गरिएको जनाएको छ। 

शिवम् सिमेन्टले चाँड पर्व लक्षित गरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत थप उत्साह प्रदान गर्दै आइरहेको जनाएको छ। सोहि अनुरुप कम्पनीले तिहारलाई लक्षित गरी चाँदीको सिक्का र चाँदीको दियो उपहार योजना ल्याएको हो। 

सन् २००९ मा हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लाण्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।