आरविवि मर्चेन्टको सीइओमा बद्रीप्रसाद प्याकुरेल नियुक्त

Oct 18, 2019 03:07 PM Merolagani

आरविवि मर्चेन्ट बैंंकिङ्ग (RBBML) को प्रमुख कार्यकारी अधिकृत सीईओमा बद्रीप्रसाद प्याकुरेललाई नियुक्त भएका छन्। नवनियुक्त सीइओ प्याकुरेले कार्तिक १ गते शुक्रबार देखि लागू हुने गरी चार वर्षको लागि कार्यभार समाहलेका हुन्।

प्याकुरेलले अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैंकिङ्ग तथा पूँजीबजारमा पन्ध्र वर्ष भन्दा बढिको अनुभव संगालेका छन्। उनी यस अघि एनआईबिएल एस क्यापिटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए।

आरविवि मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैंकको ७७ जिल्लामा रहेका २३८ वटा शाखा कार्यालयबाट समेत प्राप्त गर्न सकिनेछ। त्यस कारण दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने सम्भावना रहेको नवनियुक्त सीइओ प्याकुरेलले बताए।

हाल २० करोड चुक्तापूँजी रहेको आरविवि मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी हो।यसअघि डा. रमेश कुमार भण्डारी आरविवि मर्चेन्ट बैंंकिङ्गको प्रमुख कार्यकारी अधिकृत रहेका थिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।