कूल आचार्यलाई १४७ मतान्तरले पछि पार्दै पन्त एनआरएन अध्यक्षमा विजयी

Oct 18, 2019 04:44 PM RSS

गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वमा कुमार पन्त एक हजार २१७ मत प्राप्त गरी विजयी भएका छन्। सङ्घको आगामी दुई वर्षका लागि प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दै पन्त विजयी भएका हुन्।

अध्यक्षका अर्का प्रत्यासी आचार्यले एक हजार ७० मत प्राप्त गरेको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए। नवनिर्वाचित अध्यक्ष पन्तले जीत आफ्नो मात्र नभएर सबै गैरआवासीय नेपालीको भएको प्रतिक्रिया दिए।

सबैलाई एकताबद्ध बनाएर लैजानेसमेत उनले प्रतिबद्धता व्यक्त गरे। बिहीबार बिहान १०ः०० बजेदेखि शुरु भएको मतदान दिउँसो ४ः०० बजेसम्म भएको थियोे। बिहीबार रातिदेखि शुरु भएको मतगणना आज अपराह्न सम्पन्न भएको थियो।

यसैगरी उपाध्यक्षमा डा. बद्री केसी एक हजार १६१, अर्जुकुमार श्रेष्ठ एक हजार २६, मनकेसी ९६१ र सोनाम लामा ८९८ मत प्राप्त गरी विजयी भएका छन्। सङ्घको महिला उपाध्यक्षमा रविना थापा एक हजार २३२ मत प्राप्त गरी निर्वाचित भएकी छिन्।

यसैगरी महासचिवमा डा. हेमराज शर्माले एक हजार १३९, सचिवद्वयमा गौरीराज शर्मा ९१६ र आरके शर्मा ८६८ मत प्राप्त गरी विजयी भए। कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ एक हजार ६५३ र सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल एक हजार १८४ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

यसैगरी महिला संयोजकमा शोभादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ, क्षेत्रीय संयोजक (अफ्रिका) मा रोशन थापा, क्षेत्रीय महिला संयोजक (अफ्रिका) मनकला थापा विष्ट, क्षेत्रीय संयोजक (अमेरिकाज्मा) राजन त्रिपाठी, क्षेत्रीय उपसंयोजक (अमेरिकाज्मा) रामसी पोखरेल, क्षेत्रीय महिला संयोजक (अमेरिकाज्) मा उमा कार्की थापा, क्षेत्रिय युवा संयोजक (अमेरिकाज्) मा विमला सापकोटा निर्वाचित भएका छन् ।

यसैगरी क्षेत्रीय संयोजक (एशिया प्रशान्त) गोविन्द श्रेष्ठ, क्षेत्रीय उपसंयोजक (एशिया प्रशान्त) खगेन्द्र न्यौपाने र पारशमणि पोखरेल, क्षेत्रीय महिला संयोजक (एशिया प्रशान्त) अमृता थापा क्षेत्रीय युवा संयोजक (एशिया प्रशान्त) दीपकप्रसाद कँडेल निर्वाचित भए ।

यसैगरी क्षेत्रीय संयोजक (मध्यपूर्व) मा प्रविण गुरुङ, क्षेत्रीय उपसंयोजक (मध्यपूर्व) मा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल क्षेत्रीय महिला संयोजक (मध्यपूर्व) सुमित्रा देवी पौडेल, क्षेत्रीय युवा संयोजक (मध्यपूर्व) मा राजु रेग्मी निर्वाचित भएका छन् । यसैगरी क्षेत्रीय संयोजक (युरोप)मा नारायणप्रसाद आचार्य, क्षेत्रीय उपसंयोजक (युरोप) मा कृष्णप्रसाद तिमिल्सेना, मुक्तबहादुर गुरुङ र शुक्रराज न्यौपाने, क्षेत्रीय महिला संयोजक (युरोप) कुमारी योगिता थापा, क्षेत्रीय युवा संयोजक (युरोप) जयकृष्ण ठाकुरले विजय प्राप्त गरे।

यसैगरी क्षेत्रीय संयोजक (ओसियाना) मा हेमराज पाण्डे, क्षेत्रीय उपसंयोजक (ओसियाना) नवीन कँडेल, क्षेत्रीय महिला संयोजक (ओसियाना) जानकी पौडेल र क्षेत्रीय युवा संयोजक (ओसियाना) राजकुमार थपलिया निर्वाचित भएका छन् । निर्वाचनमा करिब दुई हजार ३०० मत खसेको थियो । गत असोज २८ गतेदेखि सङ्घको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन शुरु भएको हो।

कूल ४२ पदका लागि भएको निर्वाचनमा ७६ प्रतिस्पर्धी रहेका थिए। तीन दिनसम्म चलेको सम्मेलनमा ८१ देशका गैरआवासीय नेपाली सहभागी थिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।