पूर्णिमा विकास बैंकको सिइओमा प्रकाश गुरुङलाई निरन्तरता

Oct 20, 2019 02:45 PM Merolagani

पूर्णिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश गुरुङ पुन: नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको २०२ औं बैठकले सीईओमा कार्यरत गुरुङलाई निरन्तरता  दिने निर्णय गरेको हो।

सञ्चालक समितिको बैंठकले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंक संयुक्तबीच कारोबार सुरु नभएसम्मको लागि गुरुङ्लाई असोज ९ गतेदेखि नै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

पूर्णिमा विकास बैंकले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकसँग मर्जरमा जान नेपाल राष्ट्र बैंकबाट बैंशाख १६ गते प्रारम्भिक अनुमति प्राप्त गरेको थियो भने दुबै बैंकको गत असार २७ गते सम्पन्न विशेष साधारण सभाले समेत उक्त प्रस्ताव पारित गरिसकेका छन्।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंकले २०७५ फागुन २६ मर्जर सम्झौता गरेका थिए।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।