हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न बैंक अफ काठमान्डूको शेयरधनीलाई आग्रह

Oct 20, 2019 03:47 PM Merolagani

बैंक अफ काठमान्डू (BOKL) ले साधारण सभाबाट पारित भएको नगद लाभांश वितरण गर्न शेयरधनीहरुलाई आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

आइतबार एक सूचना मार्फत बैंकको असोज ३० गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत नगद लाभांश नेपाल क्लियरिङ्ग हाउसको आईपिएस प्रणाली मार्फत सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरिने व्यवस्था मिलाएको जनाएको छ ।

बैंकको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्फत साधारण सभाका लागि बुकक्लोज गरिएको अघिल्लो दिन (असोज १५ गते) सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई उनीहरुकै बैंक खातामा नगद लाभांश जम्मा गरिने जनाइएको छ ।

साथै हालसम्म कागजी शेयर धारण गरेका शेयरधनीलाई आफ्नो शेयर डिम्याट गरि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि क्रमशः नगद लाभांश जम्मा हुने बताइएको छ ।

शेयरधनीले आफ्नो बैंक खाता रहेको जुनसुकै बैंक तथा वित्तीय संस्था वा सिडिएस एण्ड क्लियरिङ्गबाट निक्षेप सदस्य लिएका कुनैपनि निक्षेप सदस्यहरु मार्फत डिम्याट खाता खोली शेयर अभौतिकिकरण गर्न सक्नेछन्।

शेयर धितो राखेर कर्जा लिएको शेयरधनीले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर उपलब्ध गराएपछि नगद लाभांश पठाइने उल्लेख छ।

बैंक अफ काठमान्डूको असोज ३० गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट ११ प्रतिशत नगद र ६ प्रतिशत बोनस शेयर अनुमोदन भएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।