स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

Oct 21, 2019 02:42 PM Merolagani

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २२.५० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक ४ गते सम्पन्न ३८७ औं बैठकले शेयरधनीलाई २२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

चार्टर्डले गत आर्थिक वर्ष २०७५/०७६ मा आफ्नो खुद नाफा वृद्धि गर्दा बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ८० करोड कायम भएको थियो। यस अवधिमा बैंकले दुई अर्ब ४९ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

आठ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ। यसअनुसार बैंकले एक अर्ब ८० करोड २५ लाख ७२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १७.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। अघिल्लो आवको तुलनाामा बैंकको लाभांश ५ प्रतिशतले बढेको हो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।