राष्ट्र बैंकको निर्देशनपछि इन्फिनिटी लघुवित्तको लाभांश संशोधन

Oct 23, 2019 11:22 AM Merolagani

नेपाल राष्ट्र बैंकको निर्देशनपछि इन्फिनिटी लघुवित्त (ILBS) को लाभांश संशोधन भएको छ। लघुवित्तले सञ्चालक समितिको भदौ ३० गते बसेको बैंठकले कूल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशन पश्चात कार्तिक ५ गतेको बैठकले संशोधन गरी १५ प्रतिशत मात्र दिने प्रस्ताव गरेको हो ।

लघुवित्तको कार्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर सहित ५ प्रतिशतले हुन आउने १ करोड ३ लाख ७० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

यसअघि भदौ ३० गतेको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस, ५ प्रतिशत नगद र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। बोनसमा लाग्ने कर प्रयोजनको ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्न राष्ट्र बैंकको स्वीकृति नपाएपछि अब प्रस्तावित ५ प्रतिशत नगद लाभांशबाटै १० प्रतिशत बोनसमा लाग्ने कर कट्टी हुने भएको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन्। हाल २० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात पूँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँ पुग्नेछ।

लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा तीन करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०९ पैसा कायम गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।