माछापुच्छ्रे बैंकले 'कर्पोरेट सुपर सिक्स सिजन ६' प्रायोजन गर्ने

Oct 23, 2019 11:52 AM Merolagani

माछापुच्छ्रे बैंक (MBL) ले कर्पोरेट सुपर सिक्स 'सिजन ६' को प्रायोजन गर्ने भएको छ। बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच उक्त कार्यक्रमको मुख्य प्रायोजन गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एसएस इभेन्ट म्यानेजमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार कर्पोरेट सुपर सिक्स टुर्नामेन्टको माछापुच्छ्रे बैंक, कर्पोरेट सुपर सिक्स 'सिजन ६' टुर्नामेन्ट रहनेछ ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य रहेको बताउदै बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए।

साथै उनले पूर्वमा झापादेखि पश्चिममा महाकाली सम्म २७१ भन्दा बढि सेवा सञ्जाल मार्फत आम नागरिकको घरदैलोमा पुगेर सेवा गरिरहेको बैंकले विशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर अन्य थुपै कार्यहरुमा सहभागिता जनाउँदै आइरहेको बताए ।

बैंकको सीईओ शर्माले यो वर्षको माछापुच्छ्रे बैंक, कर्पोरेट सुपर सिक्स टुर्नामेन्ट कर्पोरेट क्षेत्रको मात्र नभएर मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको जानकारी गराए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।