चौतारी लघुवित्तको नाफामा आकर्षक सुधार

Oct 24, 2019 11:38 AM Merolagani

चौतारी लघुवित्त वित्तीय संस्था (CHLBS) ले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा २३०.०९ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।गत आवको यसै अवधिमा लघुवित्तले ३७ लाख ४८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी १९ करोड ९० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा २ करोड २५ लाख रुपैयाँ सञ्चित छ। 

यस अवधिमा लघुवित्तले निक्षेप संकलन ९४.८९ प्रतिशतले बढाएको छ भने कर्जा परिचालन ८०.४२ प्रतिशतले विस्तार गरेको छ।

लघुवित्तले ५३ करोड १० लाख निक्षेप संकलन तथा ९४ करोड ८ लाख रुपैयाँ सापटी लिएर एक अर्ब ६५ करोड १४ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

यस अवधिमा लघुवित्तले ३ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ९९.३९ प्रतिशतले धेरै हो। गत आवमा लघुवित्तले एक करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.४३ बाट बढेर ०.६० प्रतिशतमा पुगेको छ। वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात ७०.२७ गुणा छ।

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्तले काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्ससँग मर्जरमा जाने सम्झौता गरेको छ। जेठ २२ गते  चौतारी र आरम्भ माइक्रोफाइनान्स एक बराबर एक शेयरको अनुपातमा मर्ज हुने सम्झौता गरेका हुन्  । मर्जर प्रकृयामा रहेका कारण दुबै  लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।