लघुवित्तले बिक्री गर्न लागेको १५० प्रतिशत हकप्रदको लागि बुकक्लोज गरेसँगै नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो ।
नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी ५०२ रुपैयाँ कायम गरेको छ। समायोजित मूल्यलाई आधार मानेर बिहीबार लघुवित्तको नेप्सेमा शेयर कारोबार खुलेको छ।
कारोबार खुलेको आधा घण्टामै लघुवित्तको शेयरमूल्य समायोजित मूल्यबाट ७ प्रतिशत भन्दा धेरैले बढेको छ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरले २४ करोड ३० लाख ९ हजार ३७५ रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद जारी गर्न लागेको हो।
हाल १६ करोड २० लाख ६ हजार २५० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको यस हकप्रद निष्काशनपछि पूँजी ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँ पुग्नेछ।