गुहेश्वरी मर्चेण्टको चौधौं शाखा न्यूरोड, काठमाडौंमा

Oct 24, 2019 02:11 PM Merolagani

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले काठमाडौं न्यूरोडमा आफ्नो चौधौं शाखा कार्यालय स्थापना गरेको छ।फाइनान्सको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन्। 

 

 

 

 

 

 

 

 

 

 

 

 

नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर शिवराज श्रेष्ठले कार्तिक ७ गते फाइनान्सको न्यूरोड शाखाको विधिवत रुपमा उद्घाटन गरेका हुन्। चौधौं शाखा कार्यालयको समुद्घाटन समारोहमा फाइनान्सका संस्थापक अध्यक्ष राजेश लाल श्रेष्ठ, अध्यक्ष श्रीमान श्रेष्ठ, संचालकहरुसरोजनी श्रेष्ठ, डा. रेश्मा श्रेष्ठ, राजेश मानन्धर, किर्ति नाथ मास्के एवं प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको उपस्थिति थियो।

फाइनान्सले असोज मसान्तसम्म ३ अर्ब ८२ करोड निक्षेप संकलन तथा ३ अर्ब २१ करोड कर्जा प्रवाह गरी २ करोड १० लाख सञ्चालन मुनाफा गरेको जनाएको छ। यस वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड तथा जगेडा कोषमा २४ करोड ८७ लाख रहेको छ।

फाइनान्सले बैंकिङ्ग सेवामा एटीएम सेवा, एसएसमएस र इ-बैंकिङ्ग सेवा इसीसी सेवा, कनेक्ट आईपीएस सेवा, लकर सुविधा, मोवाइल टपअप, विभिन्न विप्रेषण सेवा तथा निक्षेप सदस्यता सेवा र सि आश्वा सेवा लपलब्ध गराउँदै आएको छ।

साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप बीमा समेत गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ। केही समयभित्रै टंगाल र ललितपुरमा पन्ध्रौ शाखा कार्यालयहरु विस्तार हुने प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यस संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुर रहेको तथा प्रदेश नम्बर एकमा २ वटा, प्रदेश नम्बर दुईमा ५ वटा, प्रदेश नम्बर तीन मा ३ वटा र प्रदेश नम्बर ५ मा २ वटा शाखा कार्यालयहरु रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।