लघुवित्तले आईपिओ मार्फत वृद्धि भएको पूँजीलाई उचित परिचालन गर्दै खर्च र आम्दानीका सूचकहरुलाई सन्तुलनमा राख्दा नाफा बढाउन सफल भएको हो ।
लघुवित्तको प्रतिशेयर आम्दानीमा सुधार भएको देखिन्छ । गतआवमा लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९७ पैसा रहेकोमा यस त्रैमासमाा १२ रुपैयाँ ९ पैसाले सुधार भएर ३१ रुपैयाँ ०६ पैसा कायम भएको छ।
गत वर्ष ६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ८ करोड ६४ लाख रुपैयाँ सञ्चित छ।
हाल ४७ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको लघुवित्तले समीक्षा अवधिमा ५५ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८० करोड ६१ लाख रुपैयाँ बराबर अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर एक अर्ब ६० करोड ९३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यस अवधिमा लघुवित्तले तीन करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी दुई करोड ९ लाख रुपैयाँले बढोत्तरी भएको हो । गत आवको यसै अवधि लघुवित्तले एक करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा लघुवित्तमा निष्कृय कर्जा अनुपात वृद्धि भएको देखिन्छ। गत आर्थिक वर्षको ३ महिना अवधिमा लघुवित्तमा ०.६५ प्रतिशत निष्कृय कर्जा अनुपात रहेकोमा यस वर्षमा बढेर १.१३ प्रतिशतमा पुगेको छ ।
त्यसैगरी लघुवित्तको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ६९ पैसा छ भने मूल्य आम्दानी अनुपात १५.२१ गुणा छ ।
साथै लघुवित्तले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत अर्थात २ करोड ७ लाख रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशत अर्थात १ करोड ३ लाख ७० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।