नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४४३ रुपैयाँ ९० पैसा कायम गरेको छ। आइतबारदेखि तिहारको विदा हुने भएकाले इन्स्योरेन्सको शेयर कारोबार अब तिहारपछि इन्स्योरेन्सको समायोजित मूल्यलाई आधार मानेर शेयर कारोबार खुल्नेछ।
लाभांश वितरण गर्न कम्पनीले कार्तिक २४ गते साधारणसभा आब्हान गरेको छ। साधारणसभामा इन्स्योरेन्सको शेयरधनीहरलाई साढे २ प्रतिशत बोनस र १२ प्रतिशत नगद लाभांश गरी कुल साढे १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ।
बोनस शेयर तथा साधारणसभा प्रयोजनको लागि इन्स्योरेन्सले कार्तिक १० गतेदेखि बुकक्लोज गर्ने भएकाले कार्तिक ७ गते बिहीबारसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन्।