मुक्तिनाथको लाभांश घोषणा, कति दिँदैछ बोनस ?

Oct 25, 2019 12:40 PM Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १८.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक ७ गते सम्पन्न बैठकले हालै निष्काशन गरेको २० प्रतिशत हकप्रदले समेत पाउने गरि १७.६० प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंक संचालक समितिको कात्तिक ७ गते बसेको बैठकले हकप्रदले समेत पाउने गरि १७.६० प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले भदौ १२ गतेदेखि चुक्ता पूँजीको २० प्रतिशत बराबरको हकप्रद शेयर निष्काशन गरेको थियो।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्। 

हाल ३ अर्ब ६७ करोड ७७ लाख चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित बोनस वितरण पश्चात ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १८.२५ प्रतिशत बोनस शेयर र ०.९६ प्रतिशत नगद गरि कूल १९.२१ प्रतिशत लाभांश वितरण गरेको थियो।

गत आवमा बैंकले ३६.९८ प्रतिशतले खुद नाफा वृद्धि गर्दै ८५ करोड ३२ लाख १ हजार आर्जन गरेर वार्षिक २७ रुपैयाँ ८४ पैसा प्रतिशेयर आम्दानी कायम गरेको थियो। यस अवधिमा बैंकको वितरण योग्य नाफा ५८ करोड ६९ लाख ९२ हजार रुपैयाँ र शेयरधनी कोषमा ६२ र जगेडा कोषमा ४२ करोड रहेको थियो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।