आरम्भ माइक्रोफाइनान्स लाभांश संशोधन, बोनस घट्याे

Oct 25, 2019 01:07 PM Merolagani

आरम्भ माइक्रोफाइनान्स (AMFI) ,को प्रस्तावित लाभांश परिमार्जन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले बोनस शेयर घटाएर लाभांशदर संशोधन गरेको हो।

लघुवित्तले राष्ट्र बैंकको निर्देशन अुनसार हाल कायम चुक्ता पूँजी ६ करोड रुपैयाँको ७.३८ प्रतिशतले हुन आउने ४४ लाख २८ हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.३८८ प्रतिशत अर्थात २ लाख ३३ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ।

 

यसअघि लघुवित्त सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस शेयर पश्चात ६ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ। आरम्भ माइक्रोफाइनान्स चौतारी लघुवित्तसँग मर्जर प्रकृयामा समेत रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।