कालिका र जनसेवी लघुवित्तले बोलाए मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा

Oct 25, 2019 04:29 PM merolagani

कालिका लघुवित्त र जनसेवी लघुवित्तले कार्तिक २५ गते एकै दिन मर्जर प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेका छन्। कालिका लघुवित्तले द जङ्गल रेष्टिुरेण्टको सभाहल वालिङ स्याङ्जामा र कालिका लघुवित्तले होटल वेञ्जुको सभाहल कुश्मा पर्वतमा साधारणसभा बोलाएका हुन् । 

साधारणसभामा दुबै लघुवित्तले मर्जरको लागि मूल्यांकनकर्ता तथा संयुक्त मर्जर समितिबाट प्राप्त स्वाप रेसियाे (एक बराबर एक) लाई पारित गर्ने तथा मर्जरपश्चात बन्ने संस्थाको नाम जनकालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार थाल्न अनुमति प्रदान गर्ने प्रस्ताव लैजाने भएका छन्।

त्यस्तै दुबै संस्था मर्जरपछि बन्ने संस्थाको सञ्चालक चयनको लागि सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने भएका छन्।

साधारणसभाबाट दुई लघुवित्त वित्तीय संस्था गाभिए पश्चात बन्ने संस्थामा रहने सञ्चालकहरुको कार्यकाल उक्त संस्थाको पहिलो वार्षिक साधारणसभासम्म मात्र रहने व्यवस्था हुन लागेकाे छ।

मर्जर प्रकृया समाप्त गरी एकिकृत कारोबार थाल्ने आवश्यक कार्यहरु गर्नको लागि संयुक्त मर्जर समितिलाई अख्तियारी प्रदान गर्ने तथा नियामक निकायबाट कुनै निर्देशन प्राप्त भएमा उक्त कार्य गर्न समेत सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ ।

कालिका लघुवित्त र जनसेवी लघुवित्तले गत जेठ ५ गते एक आपसमा गाभ्ने गाभिने सम्झौता गरेका थिए। कालिका लघुवित्तले सर्वसाधारणमा शेयर जारी गरी नेप्सेमा सूचीकृत भइसकेको छ भने जनसेवी लघुवित्त सूचीकृत भएको छैन ।

मर्जर सम्झौतापश्चात गत जेठ देखि नै कालिका लघुवित्तको शेयर कारोबार रोक्का छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।