गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ७६ लाख १९ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
लघुवित्तले यस अवधीमा एक अर्ब ४ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब २ करोड ७५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी गरी ३ अर्ब ८२ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
कम्पनीले गत वर्षको तुलनामा खुद ब्याज आम्दानी ३ करोड ९३ लाख रुपैयाँले बढाएर ६ करोड १२ लाख रुपैयाँ पुर्याएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो।
लघुवित्तको खराब कर्जा अनुपात भने बढेको छ। गत वर्ष ०.५१ प्रतिशत रहेको खराब कर्जा अनुपात यस अवधमिा ०.५४ प्रतिशत पुगेको छ।
चुक्ता पूँजी २५ करोड ३९ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ९ करोड १० लाख रुपैयाँ संचित छ। लघुवित्तको प्रतिशेयर आम्दानी ५२ रुपैयाँ ७० पैसा, प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ३५ पैसा र मूल्य आम्दानी अनुपात १३.३४ गुणा छ।