प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Oct 31, 2019 11:29 AM merolagani

प्रभु बैंक (PRVU) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको १६.८४ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट वितरणको लागि स्वीकृत भएको छ। 

बैंकको असोज १७ गते बसेको सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.८४ प्रतिशतले हुन आउने ७ करोड ४८ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

राष्ट्र बैंकको स्वीकृतिपश्चात अब बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपश्चात उक्त लाभांश शेयरधनीहरुले पाउनेछन्।

हाल ८ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनसपश्चात पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ।

बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २४ रुपैयाँ कायम गरेको थियो।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।