सामुदायिक लघुवित्तको लाभांश परिमार्जन

Oct 31, 2019 11:23 AM merolagani

सामुदायिक लघुवित्तको प्रस्तावित लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले बोनस शेयर घटाएर लाभांशदर संशोधन गरेको हो।


लघुवित्तले राष्ट्र बैंकको निर्देशन अुनसार हाल कायम चुक्ता पूँजीको ३३.६८ प्रतिशत लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तले चुक्ता पूँजीको ३२ प्रतिशत अर्थात तीन करोड २० लाख रुपैयाँ बराबरको बोनश शेयर तथा कर प्रयोजनका लागि १.६८ प्रतिशत अर्थात १६ लाख ८४ हजार २१० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।


यसअघि लघुवित्त सञ्चालक समितिको बैठकले ३४.४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.८१ प्रतिशत नगद लाभांश गरी कूल ३६.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।


लघुवित्तको सञ्चालक समितिको कार्तिक ८ गते बसेको बैंठकले घोषण गरेको उक्त लाभांश परिमार्जन गरेको हो
साथै लघुवित्तले चुक्त पूँजीको २ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्ने समेत घोषणा गरेको छ ।

 


सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।