एनएमबि लघुवित्तकाे लाभांश प्रस्ताव, हकप्रदले समेत पाउने

Oct 31, 2019 12:43 PM Merolagani

एनएमबि माइक्रोफाइनान्स (NMBMF) ले आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट १२.६२३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको कार्तिक ८ गते साँझ सम्पन्न संचालक समितिको ९२ औं बैठकले १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

लघुवित्तको हाल निष्काशन प्रकृयामा रहेको १५० प्रतिशत हकप्रदले समेत पाउने गरी लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले कार्तिक २४ गतेदेखि चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १० बराबर १५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ ।

हकप्रद पछि कायम हुने ४० करोड ५० लाख रुपैयाँको १२ प्रतिशतले हुन आउने ४ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.६३२ प्रतिशतले हुन आउने २५ लाख ५७ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो ।

गत वर्ष लघुवित्तले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

 

एनएमबि माईक्रोफाइनान्सले प्रस्ताब गरेको बोनस शेयर राष्ट्र बैंक तथा लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

लघुवित्तको हकप्रद र बोनस पछि चुक्ता पूँजी ४५ करोड ३६ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।