ओरियन्टल होटलको लाभांश पारित, एफपिओ निष्काशन नगर्ने

Oct 31, 2019 05:03 PM merolagani

ओरियन्टल होटल (OHL) ले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको १५ प्रतिशत लाभांश पारित गरेको छ। होटलको कार्तिक ८ गते सम्पन्न बाइसौं वार्षिक साधारणसभाले ५ प्रतिशत वोनस शेयर र कर प्रयोजन समेत गरी १०.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

होटलले थप सार्वजानिक निष्काशन (एफपिओ) भने नगर्ने भएको छ। नियमनकारी निकायको विधानमा भएको व्यवस्थाबाट लाभदायक नभएको भन्दै होटलले अघिल्लो साधारणसभाले गरेको थप सार्वजानिक निष्काशनको निर्णयलाई रद्ध गरेको हो । 

होटलको एक्काइसौ वार्षिक साधारणसभाले कम्पनीमा सर्वसाधारणको हिस्सा ४५ प्रतिशत हुनेगरी १५ प्रतिशत थप सार्वजानिक निष्काशन गर्ने निर्णय गरेको थियो ।

 

होटलले स्तरीय सेवा प्रदान गर्न पुरानो भवनलाई पुननिर्माण गर्नुका साथै नयाँ भवन समेत निर्माण गर्ने भएको छ। नयाँ भवन निर्माणको लागि नेपाल सरकारको नियमनकारी निकायबाट स्वीकृति पाइसकेकोले चालु आर्थिक वर्षबाटै भवन निर्माणको कार्य अघि बढाउने होटलले जनाएको छ ।

१ अर्ब ७ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको ५ प्रतिशत बोनस पश्चात चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुगेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।