लक्ष्मी लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँले बढ्यो

Nov 01, 2019 10:29 AM Merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) को खुद मुनाफामा सुधार भएसँगै अघिल्लो आवको यसै अवधिको तुलनामा चालु आवको प्रथम त्रैमासमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानीमा ७ रुपैयाँ ४४ पैसाले सुधार भएको छ ।

चालु आवको प्रथम त्रैमासमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ६६ पैसा पुगेको छ । अघिल्लो आवको यसै अवधिमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २२ पैसा रहेको थियो।

लघुवित्त कम्पनीले असोज मसान्तसम्ममा ३ करोड १७ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

अघिल्लो आवको यसै अवधित्रमा लघुवित्तले २ करोड ३१ लाख २६ हजार रुपैयाँ मात्र कमाएको थियो। समीक्षा अवधिमा खुद मुनाफा ३७.३७ प्रतिशतले बढोत्तरी भएको हो।

शुक्रबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार लघुवित्तले असोज मसान्तसम्म १ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन, २ अर्ब सापटीबाट ३ अर्ब ७८ करोड ८५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

यसैगरि खुद ब्याज आम्दानी ६ करोड ५९ लाख ८९ हजारबाट ३६.२० प्रतिशत बढेर ८ करोड ९८ लाख ७७ हजार पुगेको छ। लघुवित्तको सञ्चालन मुनाफा ५ करोड ४ लाख रुपैयाँ छ । ब्याज आम्दानी र सञ्चालक मुनाफा बढेपछि कम्पनीको नाफा बढ्न पुगेको हो।

गत आवको मुनाफाबाट शेयरधनीलाई ११.३२ प्रतिशत नगद र १५ प्रतिशत बोनसबाट पूँजी बढाएको लघुवित्तको चुक्ता पूँजी २७ करोड ८३ लाख पुगेको छ। लाभांश वितरण पछि कम्पनीको जगेडा कोष केही खुम्चिएको छ । गत आवको प्रथम त्रैमासमा २२ अर्ब ४८ करोड रहेको जगेडा कोष २१ करोड ३ लाखमा सीमित भएको हो।

लघुवित्तको निष्क्रिय कर्जा ०.९९ बाट बढेर १.५२ प्रतिशत पुगेको छ। यस्तै प्रति शेयर नेटवर्थ १७५. रुपैयाँ ५७ पैसा, मूल्य आम्दानी अनुपात १४.२४ गुणा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।