गरिमा विकास बैंकको लाभांश प्रस्ताव

Nov 01, 2019 10:54 AM Merolagani

गरिमा विकास बैंक (GBBL) ले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेका छ। बैंकले हाल कायम चुक्ता पूँजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँको १७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंक संचालक समितिको कार्तिक १४ गते साँझ बसेको २३४ बैंठकले हाल कायम चुक्ता पूँजीको १६.१५ प्रतिशत अर्थात ४५ करोड ३ लाख रुपैयाँ बराबरको बोनस र बोनस शेयरको कर प्रयोजनको लागि ०.८५ प्रतिशतले हुन आउने २ करोड ३७ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले अघिल्लाे वर्ष १० प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।