Wed, Mar 27, 2024
त्रिलोक लघुवित्तसँग मर्जर प्रकृयामा रहेको सुर्योदय लघुवित्त (SLBS) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १५५.७२ प्रतिशतले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा नाफा ८६ लाख ३५ हजार रुपैयाँले बढाएर १ करोड ४१ लाख ८० हजार रुपैयाँ आर्जन गरेको हो। लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि हुँदा उसको खुद नाफा समेत बढेको हो। गत आवको पहिलो त्रैमासमा २ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा ३ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तले निक्षेप संकलन ४३ करोड ४३ लाख रुपैयाँबाट बढाएर ८ करोड ६५ लाख रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह ९५ करोड ८० लाख रुपैयाँबाट बढाएर १ अर्ब ७३ करोड ८० लाख रुपैयाँ पुर्याएको छ। यस्तै निष्कृय कर्जा अनुपात १.१९ प्रतिशतबाट घटाएर ०.९३ प्रतिशतमा झारेको छ । चुक्ता पूँजी १० करोड ७९ लाख रुपैयाँ रहेको लघुवित्तले जगेडा कोष ७ करोड ३२ लाख रुपैयाँले बढाएर १२ करोड ७९ लाख रुपैयाँ पुर्याएको छ। गत आवको पहिलो त्रैमासमा लघुवित्तको जगेडा कोषमा ५ करोड ४७ लाख रुपैयाँ सञ्चित थियो । लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५२ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात १५.०८ गुणा बढी छ। गत आवको प्रथम त्रैमासमा लघुवित्तको वार्षिक इपिएस २० रुपैयाँ ५५ पैसा रहेको थियो। लघुवित्तले गत आवको मुनाफाबाट १० करोड ७९ लाख पूँजीको ४४.४८ प्रतिशत बोनस र २.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेपनि उक्त लाभांश चुक्ता पूँजीमा पूँजीकृत हुन बाँकी छ। स्याङजाको सूर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड र नवलपरासीको त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १९ गते एक आपसमा गाभिन सम्झौता गरेका थिए। सो पश्चात लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार रोक्का छ। सुर्योदय लघुवित्तको आकर्षक लाभांश प्रस्ताव सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त एक आपसमा गाभिने
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा नाफा ८६ लाख ३५ हजार रुपैयाँले बढाएर १ करोड ४१ लाख ८० हजार रुपैयाँ आर्जन गरेको हो।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि हुँदा उसको खुद नाफा समेत बढेको हो। गत आवको पहिलो त्रैमासमा २ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा ३ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
लघुवित्तले निक्षेप संकलन ४३ करोड ४३ लाख रुपैयाँबाट बढाएर ८ करोड ६५ लाख रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह ९५ करोड ८० लाख रुपैयाँबाट बढाएर १ अर्ब ७३ करोड ८० लाख रुपैयाँ पुर्याएको छ।
यस्तै निष्कृय कर्जा अनुपात १.१९ प्रतिशतबाट घटाएर ०.९३ प्रतिशतमा झारेको छ ।
चुक्ता पूँजी १० करोड ७९ लाख रुपैयाँ रहेको लघुवित्तले जगेडा कोष ७ करोड ३२ लाख रुपैयाँले बढाएर १२ करोड ७९ लाख रुपैयाँ पुर्याएको छ। गत आवको पहिलो त्रैमासमा लघुवित्तको जगेडा कोषमा ५ करोड ४७ लाख रुपैयाँ सञ्चित थियो ।
लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५२ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात १५.०८ गुणा बढी छ। गत आवको प्रथम त्रैमासमा लघुवित्तको वार्षिक इपिएस २० रुपैयाँ ५५ पैसा रहेको थियो।
लघुवित्तले गत आवको मुनाफाबाट १० करोड ७९ लाख पूँजीको ४४.४८ प्रतिशत बोनस र २.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेपनि उक्त लाभांश चुक्ता पूँजीमा पूँजीकृत हुन बाँकी छ।
स्याङजाको सूर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड र नवलपरासीको त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १९ गते एक आपसमा गाभिन सम्झौता गरेका थिए। सो पश्चात लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार रोक्का छ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।