मर्जर प्रक्रियामा रहेको जनसेवी लघुवित्तको नाफा ३ गुणा माथि

Nov 01, 2019 11:17 AM Merolagani

कालिका लघुवित्तसँग मर्जर प्रकृयामा रहेको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड (JSLBSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो खुद मुनाफा अघिल्लो आवको यसै अवधिको तुलनामा तेब्बर बनाएको छ।

असोज मसान्तसम्म लघुवित्तले ६३ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ गुणा हो। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको नाफा २० लाख ७३ हजार रहेको थियो।

गत बैशाख २७ गतेदेखि ३१ गतेसम्म आईपिओ निष्काशन गरेको यस लघुवित्तको चुक्ता पूँजी १४ करोड ४३ लाख रहेको छ भने जगेडा कोष २ करोड ४४ लाख रहेको छ।

जेठ २७ गते नेप्सेमा सूचीकृत भएपनि कालिका लघुवित्तसँग मर्जर प्रक्रियामा रहेका कारण लघुवित्तको आईपीओ शेयर हालसम्म दोस्रो बजारमा कारोबार भएको छैन। यहि कात्तिक २५ गते आह्वान गरेको लघुवित्तको विशेष साधारण सभाले कालिकासँग गाभ्ने/गाभिने प्रस्ताव पारित गर्नेछ।

लघुवित्तले असोज मसान्तसम्ममा २१ करोड ३० लाख निक्षेप र ३७ करोड ८४ लाख सापटीबाट ६९ करोड ८२ लाख कर्जा परिचालन गरेको छ। जसबाट लघुवित्तले १ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेको छ। सो अवधिसम्ममा लघुवित्तको सञ्चालन मुनाफा १ करोड रहेको छ ।

सो अवधिसम्ममा लघुवित्तले ६ लाख ८१ हजार रुपैयाँ सम्भावित जोखिम वापतको व्यवस्थाको लागि छुट्याएको छ। गत आवको असोज मसान्तको तुलनामा लघुवित्तको निष्क्रिय कर्जा १.२२ प्रतिशतबाट बढेर १.७१ प्रतिशत कायम भएको छ।

प्रथम त्रैमास अवधिमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४९ पैसा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।