स्वदेशी लघुवित्तको खुद नाफामा आकर्षक सुधार

Nov 01, 2019 11:57 AM Merolagani

स्वदेशी लघुवित्त (SDESI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ९१ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२९.७८ प्रतिशतले धेरै हो । गत आवमा लघुवित्तले ८३ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानीका साथै सञ्चालन नाफा बढेसँगै लघुवित्तको खुद नाफामा बढोत्तरी देखिएको हो। लघुवित्तको सञ्चालन नाफा १२०.२४ प्रतिशतले बढेको छ ।

एक बराबर एक अनुपातमा हकप्रद बिक्री गरेर चुक्ता पूँजी शतप्रतिशतले बढाएर २३ करोड रुपैयाँ पुर्याएको लघुवित्तले जगेडा कोषमा ४९.७३ प्रतिशतले सुधार गर्दै १३ करोड ५७ लाखबाट २० करोड ३२ लाख रुपैयाँ सञ्चित गरेको छ ।

यस अवधिमा लघुवित्तले एक अर्ब १० करोड ८२ लाख निक्षेप संकलन र २ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ सापटीबाट ३ अर्ब ७० करोड ७७ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले निक्षेप संकलन ५६.३८ प्रतिशत, कर्जा परिचालन ४८.९३ प्रतिशतले विस्तार गरेको हो ।

यस अवधिमा लघुवित्तले ७ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ६३.७५ प्रतिशतले धेरै हो । गत आवमा लघुवित्तले ४ करोड ६४ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.६७ बाट बढेर १.७० प्रतिशत पुगेको छ।

यस अवधिमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३२ पैसाले बढेर ३३ रुपैयाँ ३६ पैसा पुगेको छ। गत आवको यसै अवधिमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २९ रुपैयाँ ०३ पैसा थियो ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ३७ पैसा र मूल्य आम्दानी अनुपात १८.१७ गुणा छ।

लघुवित्तले शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ४ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र १३.२५ प्रतिशतले हुन आउने ३ करोड ४ लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साथै बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.७५ प्रतिशतले हुन आउने ४० लाख २५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।