गणपति माइक्रोफाइनान्सको जगेडा कोषमा आकर्षक सुधार

Nov 03, 2019 01:24 PM Merolagani

गणपति माइक्रोफाइनान्स (GMFBS) ले  आफ्नो ऋणात्मक जगेडा कोषमा आकर्षक सुधार गरेको छ। गत आवको प्रथम तीन महिनामा लघुवित्तको जगेडा ९८ लाख रुपैयाँ नोक्सानीमा रहेकोमा चालु आवको यसै अवधिमा  २ करोड २१ लाख रुपैयाँ  संचित गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ५४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। गत आवको यसै अवधिमा ४९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा १०.६३ प्रतिशतले नाफा बढाएको हो। 

यस्तै लघुवित्तको सञ्चालन मुनाफा पनि ३१ लाख ५५ हजारबाट बढेर ६७ लाख ८९ हजार पुगेको छ। खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आकर्षक वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १ करोड ९६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा ६८ प्रतिशतले धेरै हो ।

माइक्रोफाइनान्सले निक्षेप संकलन ५ करोड ३७ लाख रुपैयाँबाट बढाएर २६ करोड ४९ लाख रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह ६२ करोड रुपैयाँबाट बढाएर ९९ करोड ६७ लाख रुपैयाँ पुर्याएको छ ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको तुलनामा चुक्ता पूँजी ३ करोड ३ लाख रुपैयाँले बढाएर १० करोड ३ लाख रुपैयाँ पुर्याएको छ। गत आवको पहिलो त्रैमासमा १.३७ प्रतिशत रहेको निष्कृय कर्जा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइपुग्दा घटेर ०.८२ प्रतिशतमा झरेको छ।

वित्तीय विवरणअनुसार माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २१ रुपैयाँ १२ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात २६.२८ गुणा छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।