बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।
बैंकलाई सिटिन्स बैंकले प्राप्ती गर्ने सम्झौता गरिसकेको छ। सोही कारणले बैंकलाई पूँजीवृद्धि गर्न आवश्यक नरहेकाले गत आवको मुनाफाबाट नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो।
सहयोगी विकास बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा १७.७४ प्रतिशतले खुद नाफा बढाएर १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ १२ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ३८ पैसा र मूल्य आम्दानी अनुपात ७.८४ गुणा थियो ।