आरएसडिसी लघुवित्तको साधारण सभा आह्वान, लाभांशको लागि बुकक्लाेज कहिले ?

Nov 03, 2019 12:33 PM Merolagani

आरएसडिसी लघुवित्त (RSDC) ले लाभांश पारित गर्न छैठौं वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तको संचालक समितिको कार्तिक १६ गते बसेको ९० औं बैठकले मंसिर १३ गते बुटवलमा साधारण सभा बोलाएको हो।

साधारण सभाबाट संचालक समितिबाट प्रस्तावित चुक्ता पूँजी ६३ करोड ३५ लाख रुपैयाँको ६ प्रतिशत अर्थात ३ करोड ८० लाख रुपैयाँ बराबरको बोनस र १० प्रतिशतले हुन आउने ६ करोड ३३ लाख रुपैयाँ बराबरको लाभांश पारित गर्नेछ।

यस्तै कम्पनीको जारी पूँजी र चुक्ता पूँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँबाट वृद्धि गरी ६७ करोड १५ लाख २२ हजार रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पेश गर्नेछ। ६ प्रतिशत बोनस वितरण गरेपछि लघुवित्तको चुक्ता पूँजी ६७ करोड १५ लाख रुपैयाँ पुग्नेछ।

वित्तीय संस्थाले अन्य समान प्रकारका वित्तीय संस्थासंग गाभ्ने/गाभिने वा प्राप्तिको संभावना अध्ययन गरी आवश्यकता बमोजिम प्रकृया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने तयारी समेत गरेको छ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कार्तिक २९ गते देखि साधारण सभा सम्पन्न नभए सम्मको लागि बुक क्लोज गर्ने भएको छ। त्यस अनुसार कार्तिक २८ गते सम्म कायम शेयरधनीले मात्रै लघुवित्तको लाभांश पाउनेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।