समता लघुवित्तको खराब कर्जा अनुपात बढ्यो, जगेडा कोष भने आकर्षक सुधार

Nov 03, 2019 01:59 PM Merolagani

समता लघुवित्त वित्तीय संस्था (SMATA) को खराब कर्जा अनुपात ह्वात्तै बढेको छ। गत आवको प्रथम तीन महिनामा ०.४१ प्रतिशत मात्र रहेको लघुवित्तको खराब कर्जा अनुपात १.८१ ले बढेर २.२२ प्रतिशतमा पुगेको हो।

खराब कर्जा बढेसँगै लघुवित्तले सम्त्रावित कर्जा नोक्सानी व्यवस्थापनमा एक करोड ७९ लाख ७४ हजार खर्चेको जसले लघुवित्तको सञ्चालन मुनाफा १४ लाख २७ हजार रुपैयाँमा झरेको छ। गत आवको प्रथम त्रैमासमा ३३ लाख ९० हजार कर्जा नोक्सानी व्यवस्था गरेको लघुवित्तको व्यवस्थापन रकम एक करोड ४५ लाखले थपिएको हो। 

समताले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। लघुवित्तको यो नाफा गत आवको यसै अवधिको तुलनामा ७ लाख ५३ हजार धेरै हो। गत आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले २० लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यसैगरि असोज मसान्तसम्म लघुवित्तले ५६ करोड ६ लाख निक्षेप संकलन तथा ८० करोड ३६ लाख बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर एक अर्ब ४२ करोड कर्जा लगानी गरेको छ। यस अवधिमा लघुवित्तले २ करोड ३३ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको यसै अवधिमा खुद ब्याज आम्दानी १ करोड १७ लाख ३ हजार थियो।

लघुवित्तले जगेडा कोषमा आकर्षक सुधार भएको छ। गत आवको प्रथम त्रैमासको तुलनामा २३६ प्रतिशत (५ करोड ६४ लाख २४ हजार) ले जगेडा कोष वृद्धि गर्दै ८ करोड ३ लाख १८ हजार सञ्चित गरेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ २१ पैसा छ।

६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको समताको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७० पैसा रहेको छ। हाल लघुवित्तले दुई सय प्रतिशत बराबरको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर निष्काशन गरिरहेकोले मुनाफा वृद्धि गर्न नसके लघुवित्तको प्रतिशेयर आम्दानी भने घट्ने देखिन्छ।

लघुवित्तको कोषको लागत ११.२८ प्रतिशत रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।