शिवश्री हाइड्रोको आईपीओमा आवेदन ३० प्रतिशत मात्रै आवेदन, बाँकी प्रत्याभुतकर्ताले सकार्नुपर्ने

Nov 03, 2019 05:23 PM Merolagani

शिवश्री हाइड्रोपावर (SSHL) को आईपीओमा २९.३५ प्रतिशत मात्रै आवेदन परेको छ। हाइड्रोपावरले असोज १६ गते देखि सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओमा नौ करोड ५ लाख रुपैयाँ बराबरको मात्रै शेयर माग भएको हो।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपिओमा १७ हजार ८ सय ४९ आवेदकबाट ९ लाख ५ हजार १७० कित्ताको लागि मात्रा आवेदन परेको जनाएको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको शेयरको करिब ३० प्रतिशत मात्रै हो ।

अब बाँकी रहेको २१ लाख ७७ हजार कित्ता शेयर भने प्रत्याभूतकर्ताले सकार्नुपर्नेछ ।

सर्वसाधारणलाई निष्काशित गरेको ३३ लाख ५१ हजार १४० कित्ता शेयर मध्ये २ लाख ६८ हजार ९१ कित्ता शेयर सामुहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको ३० लाख ८३ हजार ४९ कित्ता सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको थियो ।

कम्पनीको आईपीओमा न्यून आवेदन परेपछि असोज २५ गतेदेखि संगठित संस्थाहरुले समेत आवेदन दिन पाउने गरी व्यवस्था थप गरिएकाे थियो। संगठित संस्थाहरुले समेत भर्न पाउने व्यवस्था भएपनि कम्पनीको आईपीओमा भने न्यून आबेदन परेको छ ।

कम्पनीले यसअघि गत पुस २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको थियो। जसमा ३ लाख ३९ हजार कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी रहेको ११ लाख ३६ हजार कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा बिक्री गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।