स्वरोजगार लघुवित्तको खुद नाफा एक करोड ८० लाख बढ्यो

Nov 04, 2019 09:21 AM Merolagani

स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ८० लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ।लघुवित्तभि आफ्नो नाफा गत आवको प्रथम त्रैमासको तुलनामा एक करोड ८० लाख ६४ हजार रुपैयाँले बढाएको हो।

गत आवको प्रथम त्रैमाससम्ममा लघुवित्तको खुद नाफा एक करोड २४ हजार थियो। गत आवको यसै अवधिको तुलनामा लघुवित्तले आफ्नो हरेक सूचाङ्कमा आकर्षक बढोत्तरी गरेको छ ।

चुक्ता पूँजी २६ करोड ९५ लाख १२ हजार रुपैयाँ रहको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ६९ पैसा रहेको छ। उसको जगेडा कोषमा १५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ८८ पैसा रहेको छ । लघुवित्तको जगेडा कोष १० करोड ३६ लाख रुपैयाँले बढेको हो।

बचत संकलन ५९ प्रतिशतले बढाएर एक अर्ब ३८ करोड संकलन गरेको यस लघुवित्तले एक अर्ब ६२ करोड ८७ लाख सापटीबाट अघिल्लो आवको प्रथम त्रैमासभन्दा ३८.७९ प्रतिशतले कर्जा लगानी बढाएर ३ अर्ब १७ करोड ९९ लाख रुपैयाँ प्रवाह गरेको छ।

जसबाट लघुवित्तको ब्याज आम्दानीमा दुई करोड ५९ लाखले सुधार आई ६ करोड ८४ लाख आर्जन भएको छ। यस्तै लघुवित्तको सञ्चालन मुनाफा पनि एक करोड ४४ लाखबाट ४ करोड ४ लाख पुगेको छ । ब्याज आम्दानी सुधार हुँदा लघुवित्तको सञ्चालन नाफासँगै खुद नाफा पनि बढेको हो।

लघुवित्तको निष्कृय कर्जा अनुपात ०.५१ बाट बढेर ०.९८ प्रतिशतमा पुग्दा नोक्सानी व्यवस्था समेत १३ लाखबाट ४१ लाख पुगेको छ । लघुवित्तको निक्षेप संकलन लागत १०.१७ प्रतिशत रहेको छ।यस अवधिमा लघुवित्तको मूल्य आम्दानी अनुपात १२.९५ गुणा छ । 

लघुवित्त सञ्चालक समितिको भदौ ६ गते शुक्रबार सम्पन्न बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको २६.७५ प्रतिशत बोनस तथा बोनस शेयरको कर प्रयोजनका लागि १.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी २६ करोड ९५ लाख १२ हजार २१३ रुपैयाँ रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको ७ करोड २० लाख ९९ हजार ९०७ रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार १२० रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।